होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध, घटना बाहिरिएपछि तालाबन्दी
कास्की | साउन ३०, २०७९
पोखरा: माछापुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।
स्रोतका अनुसार छात्राबास (होस्टेल) मै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध भएको थाहापाएपछि अभिभावकले हिजो (आइतबार)देखि विद्यालयमा तालाबन्दी गरेको हुन् । ‘एसइई दिने समयमा होस्टेलमा रहदाँ ४ महिनाअघि किशोर र किशोरीबीच अनैतिक सम्बन्ध भएको रहेछ, स्रोतले सुनगाभा न्यूजसँग भन्यो, ‘अहिले अभिभावाकले थाहापाएपछि तालाबन्दी गरेका हुन् ।’
स्रोतका अनुसार उक्त घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् ।
र किशोरी गर्भवती भएको थाहा भयो...
एसइई तयारीको लागि उक्त विद्यालयको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए ।
स्रोतका अनुसार घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् ।
पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि याे घटना बाहिर आएको हो ।’
स्रोतका अनुसार अहिले अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजार, वटा ६ का जनप्रतिनिधिहरु तथा अभिभावकलगायतको टोलीले वार्ता गरिरहेको छ ।
वार्ताको क्रममा अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामा माग गरेको बताइएको छ ।
अभिभावकले विद्यालयमा तालाबन्दी गरेपछि उक्त घटना बाहिरिएको हो । तालाबन्दीपश्चात अहिले पठनपाठन ठप्प भएको छ ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा डिएपसी सुन्दर तिवारीले सो घटनाबारे बेखबर रहेको बताए । ‘त्यो घटनाबारे हामीलाई केही थाहा छैन, उनले भने, ‘अहिलेसम्म कुनै निवेदन र खबर आएको छैन । बुझ्दै छौं ।’
सो विषयमा बुझ्न विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर मिजारलाई टेलिफोन सम्पर्क गर्दा फोन उठ्न सकेन ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

